१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सवारी दुर्घटनामा ७ जनाको मृत्यु

नेपालका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ।



Accident
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १४०
  • नेपालका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ।

    प्रहरी प्रधान कार्यालयका अनुसार डडेल्धुराको अमरगढी नगरपालिका-७ खस्रेखानस्थित सडकमा महेन्द्रनगरबाट बैतडी पुर्चौडीतर्फ जाँदै गरेको बस अनियन्त्रित भई करिब ३ सय मिटर तल खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। 

    दुर्घटनामा बैतडीका जैमती बोहरा, सहदेव बोहरा, कमला बोहरा र उनीहरूकै नाबालक छोराको मृत्यु भएको हो। घाइते १२ मध्ये १० जनालाई थप उपचारका लागि धनगढी पठाइएको छ भने २ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। 

    त्यस्तै, सिन्धुली र मुस्ताङमा भएका मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। कैलालीको भजनी नगरपालिकामा मोटरसाइकल र ट्याक्टर एकआपसमा ठोक्किँदा २३ वर्षीय आशिष कुमार चौधरीको पनि मृत्यु भएको छ।