१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मकवानपुरमा कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिनका लागि बन्द

मकवानपुरमा कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिनका लागि बन्द हुने भएको छ।



Closed
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १६०
  • मकवानपुरमा कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिनका लागि बन्द हुने भएको छ।

    प्रहरी नायब उपरीक्षक श्याम अर्यालका अनुसार इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नुपर्ने भएकाले आजदेखि तीन दिनसम्म यी सडकहरू बन्द हुने भएको हो ।

    यात्रुहरूलाई वैकल्पिक मार्गको रूपमा हेटौँडा–भैँसे–पालुङ–काठमाडौँ र कान्तिलोकपथ–हेटौँडा–ठिङ्गन–काठमाडौँ मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।