१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

देशका विभिन्न स्थानमा बढ्यो चिसो

मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानको तापक्रम क्रमशः घट्दै गएको छ।



Clod
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ११९
  • मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानको तापक्रम क्रमशः घट्दै गएको छ। काठमाडौँ उपत्यकामा अहिलेको तापक्रम १६ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ।

    देशभर पश्चिमी वायुको प्रभावका साथै कोशी, बागमती, र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जानकारी जल तथा मौसम विज्ञान विभागले दिएको छ। 

    विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली छ भने अन्य क्षेत्रमा मौसम सफा रहेको छ। आज दिउँसो र राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना पनि रहेको छ।