१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

काठमाडौंमा मात्र ३,८३२ जना डेंगी संक्रमित, अस्पतालमा परीक्षणका लागि कीटनै छैन

काठमाडौंमा डेंगी परीक्षणका लागि कीटको अभाव भएको छ।



Dengue
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ११९
  • काठमाडौंमा डेंगी परीक्षणका लागि कीटको अभाव भएको छ।

    जनस्वास्थ्य कार्यालय काठमाडौंका अनुसार बिहीबारसम्म काठमाडौंमा ३,८३२ जना डेंगी संक्रमित भेटिएका छन्, जसले काठमाडौंलाई डेंगीबाट सबैभन्दा प्रभावित जिल्ला बनाएको छ। तर, कीट अभावका कारण अस्पतालहरूमा डेंगी परीक्षणमा ढिलाइ भइरहेको छ। 

    कार्यालयकी सूचना अधिकारी शारदा चापागाईंका अनुसार, काठमाडौंका विभिन्न अस्पताल र स्वास्थ्य संस्थाहरूमा १०-१५ दिनदेखि कीटको अभाव छ। यसका कारण धेरै बिरामीहरू परीक्षण नगरी फर्किनुपर्ने स्थिति आएको छ। काठमाडौंका विभिन्न स्थानीय तहका अस्पतालहरूमा पनि परीक्षण गर्न नसकिने गुनासो आएको छ। 

    हाल, कीट खरिद प्रक्रिया अगाडि बढाइएको छ, र निजी अस्पतालहरूले भने उपचारमा कुनै समस्या नभएको जनाइएको छ।