१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नांगो तारमा करेन्ट लागेर १४ वर्षीया बालिकाको मृत्यु

जंगली जनावरबाट बालीनाली जोगाउन लगाइएको विद्युतीय बारको नांगो तारमा करेन्ट लागेर १४ वर्षीया करिना महतोको मृत्यु भएको छ।



Dead
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २१०
  • महोत्तरीको गौशाला नगरपालिका–३ पचानटोलमा जंगली जनावरबाट बालीनाली जोगाउन लगाइएको विद्युतीय बारको नांगो तारमा करेन्ट लागेर १४ वर्षीया करिना महतोको मृत्यु भएको छ।

    उनलाई करेन्ट लागेर बचाउन गएका १८ वर्षीया राधाकुमारी महतो र १४ वर्षीया विभाकुमारी महतो भने घाइते भएका छन्। उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

    घटना बिहान साढे ७ बजे खेततिर काम गर्न गएको बेला भएको हो, जब उनीहरू बारमा छाडिएको नांगो तारको करेन्टमा परे। जिल्ला प्रहरी कार्यालय महोत्तरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।