१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जुवा खेलिरहेको आरोपमा पाँच जना पक्राउ, ३ लाख ५६ हजार नगद बरामद

भक्तपुरमा जुवा खेलिरहेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।



Juwa
  • क्वालिटी खबर
  • २ बर्ष अघि
  • पाठक संख्या २२२
  • भक्तपुरमा जुवा खेलिरहेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

    सुर्यबिनायक नगरपालिका-८ मा प्याचा खेलिरहेको अवस्थामा पक्राउ परेका व्यक्तिहरूबाट ३ लाख ५६ हजार नगद बरामद गरिएको छ। पक्राउ परेकाहरूमा धादिङका निदेश दाहाल र भक्तपुरको मध्यपुर थिमीका शिवराम श्रेष्ठ, राजु नकर्मी, उमेश श्रेष्ठ, र पदम श्रेष्ठ छन्।

    प्याचा खेल्ने क्रममा प्रहरीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। आरोपीहरू विरुद्ध जुवा ऐन अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको भक्तपुर जिल्ला प्रहरी परिसरका डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिएका छन्।