९ जेठ २०८२ शुक्रबार | 23 May 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सुलेमान शंकर 'इकु' ५ लाख धरौटीमा रिहा

विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका सुलेमान शंकर 'इकु' ५ लाख धरौटीमा रिहा



Eku
  • अञ्जना ढकाल
  • ७ महिना अघि
  • पाठक संख्या १०९
  • कलाकार भिसामा विभिन्न व्यक्तिलाई विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका सुलेमान शंकर 'इकु' ५ लाख धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत काठमाडौंले असोज १४ गते न्यायाधीश खिमानन्द भुसालको इजलासबाट उनलाई धरौटीमा छोड्न आदेश दिएको हो। 

    सुलेमान शंकरलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले भदौ २६ गते पक्राउ गरेको थियो। उनीमाथि कलाकार भिसाको आश्वासनमा युरोप लगायतका ठाउँमा व्यक्तिलाई पठाउने भन्दै ठगी गरेको आरोप लागेको थियो।