१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रौतहटमा करेन्ट लागेर एक महिलाको मृत्यु

रौतहटको गढीमाई नगरपालिका ७ धनहारी गाउँमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।



Dead
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २२०
  • रौतहटको गढीमाई नगरपालिका ७ धनहारी गाउँमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। महाबिरी झन्डा मेलामा कस्मेटिक पसल चलाइरहेकी २४ वर्षीया रिङकु देवी सहनीको करेन्ट लागेर निधन भएको हो। उनी माधवनारायण नगरपालिका ९ का विजय सहनीकी श्रीमती थिइन्।

    इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीका अनुसार, मेलामा जडान गरिएको विद्युतीय तारबाट करेन्ट लागी उनी घाइते भएकी थिइन्। उनलाई तत्कालै गरुडास्थित बेटर नेपाल मल्टी स्पेस्लिटी अस्पतालमा पुर्‍याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। 

    हाल शवको पोष्टमार्टम गरी अनुसन्धान भइरहेको छ।