१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बारामा धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या

महागढीमाइ नगरपालिका-१, नैकाटोलका ५० वर्षीय श्रीनारायण यादवको शनिबार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।



Hatya
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २१५
  • महागढीमाइ नगरपालिका-१, नैकाटोलका ५० वर्षीय श्रीनारायण यादवको शनिबार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी प्रकाश सापकोटाका अनुसार घटना साँझ ७/८ बजे बीच भएको हो। श्रीनारायण यादव घर नजिकैको पसलबाट फर्किंदै गर्दा उनीमाथि आक्रमण भएको थियो।

    डिएसपी सापकोटाले भने, "भट्टी पसल र घरको दुरी ६ सय मिटर मात्र रहेछ। फर्किंदै गर्दा धारिलो हतियार प्रहार हुँदा गर्धनमा गहिरो चोट लागेको थियो। उपचारको क्रममा प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको हो।"

    यस घटनामा संलग्न भएको शंका लागी प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। तर, हत्या गर्नाको कारण भने अहिलेसम्म खुलेको छैन। प्रहरी घटनाको अनुसन्धान गरिरहेको छ।