१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

एक वर्षअघि गएको भूकम्पले घर भत्काएपछि अहिले सम्म पनि टिनको टहरामा

स्थानीय भूकम्पपीडितहरूले सरकारबाट घर निर्माणको सहयोग नपाएको गुनासो गर्दै बालबालिका र वृद्धहरूको सुरक्षामा चिन्ता व्यक्त गरेका छन्।



Rukum
  • क्वालिटी खबर
  • २ बर्ष अघि
  • पाठक संख्या २८३
  • रूकुमपश्चिमको आठविसकोट नगरपालिका–१४ का भूकम्प प्रभावित परिवारहरू घरविहीन भएर कष्टकर जीवन बिताइरहेका छन्। एक वर्षअघि भूकम्पले घर भत्काएपछि धेरै परिवार अहिले टिनको टहरामा बस्न बाध्य  छन्। आगामी चिसोमा पनि उनीहरूले यही अस्थायी आवासमा नै बिताउनुपर्ने चिन्ता छ।

    स्थानीय भूकम्पपीडितहरूले सरकारबाट घर निर्माणको सहयोग नपाएको गुनासो गर्दै बालबालिका र वृद्धहरूको सुरक्षामा चिन्ता व्यक्त गरेका छन्। सानीभेरी गाउँपालिका–४ का हीरालाल परियारले यसै कारणले गतवर्षझैं यस वर्ष पनि केहीले चिसोको कारण ज्यान गुमाउनसक्ने सम्भावना रहेको बताए। सरकारले भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ अनुदानको व्यवस्था गरे पनि उक्त रकम पर्याप्त रूपमा नपुगेको भूकम्पपीडितहरूको भनाइ छ।

    पुनःनिर्माण कार्यविधि नहुँदा घर निर्माण प्रक्रिया ढिलो भएको छ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले स्थलगत अध्ययनपछि भूकम्प प्रभावितको पुनःस्थापना यथासक्य चाँडो पूरा गर्न सुझाव दिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार, जिल्लाभरका ३४ हजार ९८९ लाभग्राहीमध्ये ३२ हजार ९९६ घरधुरीले अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता पाएका छन् भने दुई हजार दुई जनाले पहिलो किस्ता पनि पाएका छैनन्।