सर्लाही जिल्लामा कारसँगै डुबेर दुई व्यक्तिको मृत्यु भएको छ।
ईश्वरपुर नगरपालिका–२, मियाँखोरस्थित पोखरीमा अनियन्त्रित भएर लु२च ६७५८ नम्बरको कार डुबेको थियो।कारमा रहेका ३७–३८ वर्षीय सुरेश महतो र ३७ वर्षीय रामाकान्त ठाकुरको शव सशस्त्र प्रहरीका गोताखोरहरूले फेला पारेका छन्।
अर्को व्यक्ति, जनक यादव, पौडिएर बाहिर निस्कन सफल भएका छन्। अहिले पोखरीबाट कार निकाल्ने प्रयास भइरहेको छ।
प्रतिक्रिया दिनुहोस