६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, दुई जना गम्भीर घाइते

चितवन जिल्लाको रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।



Accident
  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या १४५
  • चितवन जिल्लाको रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। खैरहनीबाट टाँडीतर्फ जाँदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो। 

    दुर्घटनामा घाइते भएका रत्ननगर–१३ अमिलियाका २१ वर्षीय सुनिल पौडेलको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सोही ठाउँका २० वर्षीय साहिल परियार र २१ वर्षीय सञ्जय लामा गम्भीर घाइते भएका छन्, र उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। 

    घटनामा संलग्न बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।