१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

काठमाडौंका दुई फरक स्थानमा दुई व्यक्ति मृत फेला

टोखा नगरपालिका-५ बसुन्धारामा एक पुरुष र गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजलमा अर्को पुरुष मृत अवस्थामा भेटिएका हुन्।



Dead
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १८५
  • काठमाडौंका दुई फरक स्थानमा दुई व्यक्ति मृत फेला परेका छन्। टोखा नगरपालिका-५ बसुन्धारामा एक पुरुष र गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजलमा अर्को पुरुष मृत अवस्थामा भेटिएका हुन्।

    बसुन्धारामा सुनसरीको धरान उपमहानगरपालिका-१२ घर भएका ३१ वर्षीय कृष्ण पाण्डे आफ्नै डेरामा मृत फेला परेका हुन्। गोकर्णेश्वर सुन्दरीजलस्थित आफ्नै कोठामा काभ्रे घर भएका ४५ वर्षीय सुरेश तामाङ पनि बुधबार मृत अवस्थामा भेटिएका छन्। 

    दुबै घटनामा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।