९ पुष २०८१ मंगलबार | 24 Dec 2024 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ट्यांकरको टायर पड्किएर एकजनाको मृत्यु, पाँचजना घाइते

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११, थानाभर्‍याङमा ट्यांकरको टायर पड्किएर एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्



Mrityu
  • अञ्जना ढकाल
  • १ महिना अघि
  • पाठक संख्या १०९
  • मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११, थानाभर्‍याङमा ट्यांकरको टायर पड्किएर एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। मृत्यु हुनेमा भारतका ३४ वर्षीय मोहम्मद ऐजाज रहेका छन्, जो हेटौंडामा टायर मर्मत पसल सञ्चालन गर्दै आएका थिए।

    सोमबार राति करिब १ बजे मधेश प्रदेश–०३–००२ ख ०३०० नम्बरको पेट्रोल बोकेको ट्यांकरको टायरमा हावा भर्ने क्रममा टायर पड्किएको थियो। टायर पड्किँदा टाउकोमा गम्भीर चोट लागेका ऐजाजलाई उपचारका लागि चितवनको नयाँ मेडिकल कलेज लगिएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।

    घटनामा परी टायर मर्मत पसलमा काम गर्ने पर्सा, धोबिनी गाउँपालिकाका १८ वर्षीय जाबिर हवारी, हेटौंडा–११ का ३९ वर्षीय देवान लामा, हेटौंडा–११ कै ४७ वर्षीय मोहनलाल दुलाल, धादिङ, धुनिबेशी नगरपालिका–२ का २३ वर्षीय उत्तम बस्नेत र धादिङ, थाक्रे गाउँपालिका–८ का लक्ष्मण थापा घाइते भएका छन्।

    घाइतेमध्ये लामाको चुरे हिल अस्पतालमा उपचार भइरहेको छ भने अन्य चारजनालाई उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।