१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

चिर्पट प्रहारबाट देउरानीको मृत्यु

बैतडीको डिलाशैनी गाउँपालिका–२, छेपट्टामा जेठानीको चिर्पट प्रहारबाट देउरानीको मृत्यु भएको छ।



Dead
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २९९
  • बैतडीको डिलाशैनी गाउँपालिका–२, छेपट्टामा जेठानीको चिर्पट प्रहारबाट देउरानीको मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार ३० वर्षीया दीपा बोहराले आफ्नी देउरानी २५ वर्षीया सुनिता बोहराको टाउकोमा काठको चिर्पटले प्रहार गर्दा घटनास्थलमै सुनिताको मृत्यु भएको हो।

    प्रहरी प्रवक्ता निरीक्षक बलराम पाण्डेयले घरायसी विवादका कारण दीपाले सुनितामाथि आक्रमण गरेको बताए। घटनापछि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउदको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ।

    दीपालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ।