१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

निर्मला पन्तको घटनामा प्रत्यक्षदर्शी भएको दाबी गरेपछि सिआइबीले लियो बयान

गोरखाका अर्यालले उक्त घटनाका प्रत्यक्षदर्शी भएको दाबी गरेपछि सिआइबीले उनलाई बयानका लागि बोलाएको थियो।



Nirmala Panta
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १५८
  • निर्मला पन्तको बलात्कार र हत्याको घटनामा नयाँ कथन ल्याएर सार्वजनिक भएका नवराज अर्याललाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरेको छ।

    गोरखाका अर्यालले उक्त घटनाका प्रत्यक्षदर्शी भएको दाबी गरेपछि सिआइबीले उनलाई बयानका लागि बोलाएको थियो। ब्युरोका एसपी होबिन्द्र बोगटीका अनुसार अर्यालसँग ३–४ घण्टा सोधपुछ गरिएको थियो र बुधबार पनि उपस्थित हुने शर्तमा उनलाई छाडिएको थियो। 

    बुधबार अर्याल सम्पर्कमा नआएको र उनले मोबाइल घरमै छाडेर हिँडेको जानकारी आएको छ। सिआइबीका अनुसार अर्यालले घटनाबारे दिएका बयानहरू काल्पनिक लाग्ने र तथ्यगत प्रमाण नभएको देखिएको छ। अर्यालले यसअघि प्राइमटाइम टेलिभिजनसँगको अन्तर्वार्तामा १६ जना मन्त्रीको गाडी चलाएको र कामकै सिलसिलामा कैलाली पुगेका बेला निर्मला पन्तको घटना देखेको दाबी गरेका थिए। 

    सिआइबीले यस घटनालाई लिएर सतर्कता अपनाउन आग्रह गरेको छ र यस विषयमा आधारबिनाको दाबीले सर्वसाधारणमा भ्रम सिर्जना हुन सक्ने भन्दै सम्बद्ध पक्षहरूलाई जिम्मेवार भएर समाचार सम्प्रेषण गर्न अनुरोध गरेको छ।