१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सिम्रौनगढका प्रमुख प्रशासकीय अधिकृतलाई ७८ हजार रूपैयाँ घुससहित पक्राउघुससहित पक्राउ

बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानुलाई ७८ हजार रूपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ।



Ghus
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २९९
  • बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानुलाई ७८ हजार रूपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ।

    आयोगको हेटौंडा कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग बिल भुक्तानीका लागि घुस माग गरिरहेको सूचनाका आधारमा पक्राउ गरेको हो। 

    आयोगका प्रवक्ता नरहरि घिमिरेले जनाएअनुसार, साह कानुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अन्तर्गतको कसुरमा विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ। आरोप पत्रमा घुस बराबरको बिगो रकम दाबी गरिएको छ।