सिनामंगलस्थित एक होटलमा युवक र युवती झुण्डिएको अवस्थामा मृत भेटिएका छन्।
घटनाको सूचना प्राप्त हुने वित्तिकै प्रहरी टोली घटनास्थलमा पुगेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।
प्रहरी टोली घटनास्थलमा भर्खरै पुगेकोले थप विवरणको लागि अनुसन्धान जारी रहेको एसपी अधिकारीले बताएका छन्। घटना बारे विस्तृत जानकारी आउन बाँकी रहेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस