१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

राहदानी सेवा सञ्चालन हुन अझै दुई हप्ता लाग्ने

राहदानी आवेदन प्रणालीमा भाइरस प्रवेश भएपछि विभागले सेवामा रोक लगाउनुपर्ने स्थिति आएको बताएको छ।



Passport Department
  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या १२४
  • राहदानी सेवा पूर्णरुपमा सञ्चालन गर्न अझै दुई हप्ता लाग्ने भएको छ। राहदानी विभागले सूचना जारी गर्दै सेवा सञ्चालनमा ल्याउन एक-दुई साता लाग्ने अनुमान गरिएको जानकारी दिएको हो।

    राहदानी आवेदन प्रणालीमा भाइरस प्रवेश भएपछि विभागले सेवामा रोक लगाउनुपर्ने स्थिति आएको बताएको छ। यस कारण सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै विभागले पर्याप्त सतर्कता अपनाएको छ र सेवाग्राहीको डाटा सुरक्षित रहेको स्पष्ट पारेको छ।

    हाल, विभागले आंशिक रूपमा सेवा प्रारम्भ गरेको छ। एक-दुई दिन भित्र नयाँ आवेदन फाराम भर्नका लागि बुकिङ्ग खुला गरिनेछ। राहदानी सेवा बन्द हुँदा सेवाग्राहीलाई कठिनाई परेको छ र आइतबार विभागमा नाराबाजी समेत भएको थियो।