१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

दुर्गा प्रसाईंको जीवन रक्षाको माग गर्दै समर्थकद्वारा माइतीघरमा प्रदर्शन

अभियन्ता दुर्गा प्रसाईंको जीवन रक्षाको माग गर्दै उनका समर्थकहरूले बुधबार माइतीघरमा प्रदर्शन गरेका छन्।



Samarthak
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १६५
  • अभियन्ता दुर्गा प्रसाईंको जीवन रक्षाको माग गर्दै उनका समर्थकहरूले बुधबार माइतीघरमा प्रदर्शन गरेका छन्।

    प्रदर्शनकारीहरूले ‘दुर्गा प्रसाईंको जीवन रक्षा गर, कम्बोडियाको कालो धन छानबिन गर, मानवअधिकारको रक्षा गर’ लगायतका नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए।

    प्रसाईंको मुद्दा बन्दी प्रत्यक्षीकरणका लागि अदालतमा पेशी चढेसँगै उनका समर्थकहरूले सडकमा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीले प्रसाईंको जीवन रक्षा र पारदर्शिता सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

    प्रदर्शनका क्रममा कुनै अप्रिय घटना नभएको र शान्तिपूर्ण तरिकाले कार्यक्रम सम्पन्न भएको स्थानीय प्रशासनले जानकारी दिएको छ।