१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

गठ्ठाघरचोकमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा श्रीमतीको मृत्यु भएको छ भने उनका श्रीमान् गम्भीर घाइते भएका छन्।



Accident
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २३२
  • मध्यपुरथिमि नगरपालिका–३, गठ्ठाघरचोकमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् गम्भीर घाइते भएका छन्।

    काठमाडौंतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा भक्तपुर नगरपालिका–५, द्यौलाबस्तीका ३५ वर्षीय जिते द्यौला गम्भीर घाइते भएका छन्। घटनामा उनकी श्रीमती नविनाको घटनास्थलमै ज्यान गएको प्रहरीले पुष्टि गरेको छ।

    घाइते जितेको नागरिक कम्युनिटी अस्पताल, गठ्ठाघरमा उपचार भइरहेको छ। प्रहरीका अनुसार, ट्रकका चालक मकवानपुरगढी गाउँपालिका–४ का बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।