१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

एम्बुलेन्सबाट ब्राउनसुगर बरामद, चालक र साथी पक्राउ

एम्बुलेन्स को जाँच गर्दा साइरनको माइक्रोफोन भित्र लुकाएर राखिएको १० ग्राम ब्राउनसुगर फेला परेको हो।



Ambulance
  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या १८४
  • महोत्तरीको बर्दिबासमा एक एम्बुलेन्सबाट १० ग्राम ब्राउनसुगर बरामद भएको छ।

    प्रहरीको जानकारी अनुसार, बुधबार राति बर्दिबास चोकबाट सिन्धुलीतर्फ गइरहेको एम्बुलेन्स (बा प्र ०१–००२ झ ६६९०) को जाँच गर्दा सो परिमाणको ब्राउनसुगर फेला परेको हो।

    सिन्धुलीको मरिन गाउँपालिकाको कपिलाकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्सबाट ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ। एम्बुलेन्सको जाँच गर्दा साइरनको माइक्रोफोनभित्र लुकाएर राखिएको ब्राउनसुगर भेटिएको हो।

    प्रहरीले एम्बुलेन्स चालक र सवार अन्य एक जनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। एम्बुलेन्सबाट लागुपदार्थ लैजान लागेको भन्ने सूचना प्राप्त भएपछि जाँच गरिएको प्रहरीले जनाएको छ। यस कारोबारमा अन्य व्यक्ति पनि संलग्न हुनसक्ने प्रहरीको अनुमान छ।

    अहिले नियन्त्रणमा लिइएका दुई जनाको परिचय खुलाइएको छैन। एम्बुलेन्सलाई सिन्धुलीको प्राथमिक स्वास्थ्य केन्द्रले उपचार सेवाका लागि प्रदान गरेको थियो।