रोल्पा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकी २५ हजार रुपैयाँ घुस सहित पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार रोल्पा नगरपालिका-४ स्थित उनको निवासबाट घुस सहित पक्राउ गरेको हो।
सवारीसाधन आवतजावतको सहजीकरणका लागि घुस मागेको सूचनाका आधारमा नेपालगन्जबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस