१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नेपाल प्रिमियर लिगमा सट्टेबाजी: थप ३ जना पक्राउ

एनपीएल क्रिकेटमा सट्टेबाजी गराएको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले थप तीन जनालाई पक्राउ गरेको छ।



NPL
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २३४
  • काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सट्टेबाजी गराएको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले थप तीन जनालाई पक्राउ गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाट सट्टेबाजी गराउने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको सिआइबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिएका छन्।

    यसअघि, भारतका चार नागरिकलाई पक्राउ गरिएको थियो। पक्राउ परेका व्यक्तिहरूमा भारतको कलकत्ताका २४ वर्षीय सुमन घोष, उत्तर प्रदेश कानपुरका अमित यादव, बिहारका २७ वर्षीय सुमन्त कुमार र ३० वर्षीय ब्रजेश कुमार रहेका छन्।

    प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, आरोपीहरूले ‘स्पोर्टस् बाजी’ र ‘प्रोबो’ नामक दुई एपको प्रयोग गरी सट्टेबाजी गराउँदै आएका थिए। एसपी बोगटीले सट्टेबाजीलाई नियन्त्रणमा ल्याउन अनुसन्धान जारी रहेको बताए।