१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रसाईं विरुद्ध आपराधिक लाभमा पक्राउ पुर्जी जारी

दुर्गा प्रसाईंविरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको छ।



Durga Prasai
  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या १२३
  • काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसपी होविन्द्र बोगटीका अनुसार प्रसाईंमाथि जारी अनुसन्धानका क्रममा उनलाई पक्राउ गर्न अनुमति दिइएको हो।

    मंसिर ४ गते सीआईबीले प्रसाईंलाई पक्राउ गरेको थियो। भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाममा नेपालका व्यवसायीलाई धम्की दिने हरिचन्द्र फुयलले प्रसाईंलाई धम्कीका अडियो रेकर्ड पठाउने गरेको भेटिएको छ। फुयलको बयानका आधारमा प्रसाईं आपराधिक लाभको अनुसन्धानमा तानिएका हुन्।

    एसपी बोगटीले बताएअनुसार, भारतबाट ह्वाट्सएपमार्फत धम्की दिने फुयलले ती अडियो रेकर्ड प्रसाईंलाई पठाउने गरेका थिए। फुयललाई भारतको आसामबाट पक्राउ गरी काठमाडौँ ल्याइएको छ, जहाँ उनको बयानकै आधारमा थप अनुसन्धान भइरहेको छ।

    फुयलले भारतीय टेलिकम कम्पनी एयरटेलका दुईवटा सिम प्रयोग गरी नेपालका व्यवसायी तथा बैंकरहरूलाई ५ देखि २४ घण्टाभित्र धम्की दिने गर्थे। उनले दुर्गा प्रसाईं नेतृत्वको "राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, र नागरिक बचाउ महाअभियान" लाई सहयोग नगरे ‘सिध्याउने’ धम्की दिएको अडियो प्रहरीले बरामद गरेको छ।

    फुयलले आफूलाई भारतीय गुन्डा नाइके लरेन्स विश्नोई ग्याङसँग सम्बन्धित रहेको बताउँदै धम्की दिने गरेका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।