१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कतारसँग श्रम सम्झौता अझै अधुरै, नेपालले दबाब बढाउन सकेन

कतारसँग २००५ मा भएको श्रम सम्झौता हालसम्म पुनरावलोकन भएको छैन।



Workers
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ३९०
  • काठमाडौं - कतारसँग २००५ मा भएको श्रम सम्झौता हालसम्म पुनरावलोकन भएको छैन।

    नेपालले २०७५ देखि सम्झौतालाई समयसापेक्ष बनाउन प्रयास गरे पनि कतारले केवल आश्वासन दिने काम मात्रै गरिरहेको छ। गत मंसिर १८ मा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कतारका राजदूतसँग भेट गरी नेपाली श्रमिकको बीमा, उद्धार र उचित क्षतिपूर्तिको व्यवस्था गर्न आग्रह गरे। तर, कतारी पक्षले नेपाली श्रमिकको हितका विषयमा प्रभावकारी कदम चाल्न उदासीनता देखाएको छ।

    नेपालले श्रमिकको न्यूनतम तलब, बीमा, सुरक्षित कामदार प्रक्रिया र अन्य सुविधाका लागि नयाँ सम्झौताको प्रस्ताव गर्दै आए पनि कतारी पक्षले वार्तामा गम्भीर चासो नदेखाएको श्रम मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

    हाल कतारमा करिब ४ लाख नेपाली श्रमिक कार्यरत छन्, तर उनीहरूलाई कतारी नागरिकसरह सेवा सुविधा दिन कतारले सहमति जनाएको छैन। वैदेशिक रोजगार विज्ञहरूले नयाँ सन्दर्भअनुसार श्रम सम्झौता पुनरावलोकन गर्न नेपालले कूटनीतिक दबाब दिनुपर्ने बताएका छन्।