१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सिद्धार्थ बैंकको ४ प्रतिशत नगद लाभांश घोषणा

बैंकको शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले सञ्चिति नाफाबाट उक्त नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।



Logo of Siddhartha Bank
  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या ८७
  • काठमाडौँ — सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि ४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। बैंकको शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले सञ्चिति नाफाबाट उक्त नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    बैंकका कम्पनी सचिव लक्ष्मण घिमिरेका अनुसार करसहित ५६ करोड ३५ लाख ९९ हजार रुपैयाँ बराबरको लाभांश वितरण गरिनेछ। यसलाई नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाबाट पारित गरेपछि मात्र वितरण प्रक्रिया सुरु हुनेछ।

    बैंकले अघिल्लो आर्थिक वर्षमा ४।२१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।