१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सप्तरीमा कर्मचारीको शव फेला, हत्या वा आत्महत्या खुल्न बाँकी

राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको परिसरमा एक कर्मचारीको शव फेला परेको छ।



Dead
  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या २१०
  • सप्तरी — राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको परिसरमा एक कर्मचारीको शव फेला परेको छ।

    मृतक गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको टिकट काउन्टरमा कार्यरत करिब ४५ वर्षीय सुधीरकुमार झा रहेको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार छिन्नमस्ता गाउँपालिका निवासी झा राजविराजमा डेरामा बस्दै आएका थिए। स्थानीयले आइतबार बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

    शव झुण्डिएको अवस्थामा फेला परेको हो। घटनाबारे अनुसन्धान भइरहेको छ भने यो हत्या वा आत्महत्या भन्ने पुष्टि हुन बाँकी रहेको डिएसपी बस्नेतले बताए।