१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

हिउँदमा देशभर पहिले भन्दा कम वर्षा हुने अनुमान

जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदमा देशभर सरदरभन्दा कम वर्षा हुने अनुमान गरेको छ।



Weather
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ११८
  • काठमाडौँ - जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदमा देशभर सरदरभन्दा कम वर्षा हुने अनुमान गरेको छ। विभागले मंसिर १६ देखि फागुन १६ सम्मको तीन महिनाको अवधिका लागि यस्तो प्रक्षेपण गरेको हो।

    विभागका अनुसार, कोशी प्रदेशका दक्षिणी र मधेश प्रदेशका पूर्वी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म रहेको छ।

    त्यस्तै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशका अधिकांश भाग, गण्डकी प्रदेशका पूर्वी र दक्षिणी भाग, बागमती प्रदेश तथा मधेश प्रदेशका पश्चिमी भाग र कोशी प्रदेशका पश्चिमी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म रहेको छ।

    देशका अन्य भागमा भने सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ।