१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय ५० ग्राम सुनसहित तीनजना पक्राउ

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय ५० ग्राम सुनसहित तीनजना पक्राउ परेका छन्।



Pakrau
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ३२३
  • रुपन्देही- रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय ५० ग्राम सुनसहित तीनजना पक्राउ परेका छन्।

    लुम्बिनी सांस्कृतिक नगरपालिका–६ का ३६ वर्षीय जनार्दन गुप्ता १ सय ५० ग्रामको सुनको सिक्रीसहित पक्राउ परेका हुन्। आइतबार दिउँसो फ्लाई दुबईको उडानमार्फत दुबईबाट आएका उनलाई विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

    प्रहरीका अनुसार गुप्तासँगै उक्त कार्यमा संलग्न रहेका शंकास्पद दुईजनालाई पनि पक्राउ गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।