१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मुग्लिन–पोखरा सडकमा पुनः राति पनि सवारी सञ्चालन हुने

तनहुँको व्यास नगरपालिका-१२ छिर्कने देउराली सडकखण्डमा राति हुने सवारी अवरोध हटाइएको छ।



Pokhara - mugling highway
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २३०
  • दमौली- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ छिर्कने देउराली सडकखण्डमा राति हुने सवारी अवरोध हटाइएको छ।

    मुग्लिन–पोखरा सडक विस्तार परियोजनाअन्तर्गत डाँडा काट्ने कार्यका लागि राति दैनिक साढे पाँच घण्टा सडक बन्द गरिँदै आएको थियो।

    सोमबारदेखि उक्त अवरोध हटाइएको र अब रातिको समयमा पनि सवारी सञ्चालन हुन सक्ने मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।

    इन्जिनियर पाण्डेले भने, "रातिको समयमा गरिँदै आएको काम हाललाई रोकिएको छ। अब उक्त खण्डमा सवारी आवागमन अवरोध बिना नै सञ्चालन हुनेछ।"

    मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत काम सम्पन्न भएको छ। परियोजनाअन्तर्गत १४ वटा साना पुल निर्माण गरिएको र २०७७ माघमा सम्झौता भई २०७८ वैशाखदेखि काम सुरु भएको पाण्डेले बताए।

    उक्त सडक खण्डमा सवारी आवागमन सहज भएसँगै स्थानीय तथा यात्रुहरूलाई राहत भएको छ।