१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रौतहटमा गाडी दुर्घटना, आठ जनाको मृत्यु

चन्द्रपुर नगरपालिका-४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सार-लमाहा खण्डमा गाडी अनियन्त्रित भई सडक छेउको रूखमा ठोक्किएपछि उक्त दुर्घटना भएको हो।



Scorpio
  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या ११९
  • रौतहटमा गाडी दुर्घटनामा परेर आठ जनाको मृत्यु भएको छ।

    पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका स्थित धन्सार–लमाहा खोलाको नजिकै आज मंगलबार बिहान दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो अनियन्त्रित भई सडक छेउको रूखमा ठोक्किएपछि उक्त दुर्घटना भएको हो।

    जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपककुमार रायका अनुसार दुर्घटनामा परी सिराहाको अर्नामा गाउँपालिका-३ बस्ने ६० वर्षीया लरुवतीदेवी महरा, ३० वर्षीया रमिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगीं देवी महरा, ६२ वर्षीया फुलमन्ति देवी चमार, ६० वर्षीया रामकुमारी देवी महरा, ३० वर्षीया सकुन्तला देवी महरा र गाडी चालक ५० वर्षीय श्रीकुमार यादवको मृत्यु भएको हो।

    दुर्घटनामा पाँच जना घाइते भएका छन्, जसमा एक जनाको अवस्था गम्भीर रहेको छ। ६० वर्षीया कन्या देवी महरालाई थप उपचारका लागि बयोधा अस्पताल, वीरगंज रिफर गरिएको छ।

    मृतकहरूको शव चपुरस्थित सरकारी अस्पतालमा राखिएको छ। दुर्घटनापछि प्रहरीले गाडीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरमा लगेको छ।

    दुर्घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट डिएसपी राजकुमार राईको नेतृत्वमा प्रहरी टोली परिचालित भएको थियो।