
काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोरख राणा नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको निर्णयअनुसार राणाको कार्यकाल २०२४ को जनवरी १ देखि सुरू हुनेछ।
राणा हाल डेपुटी सीईओको भूमिकामा रहेका छन्। अनिर्वन घोष दस्तिदारको कार्यकाल समाप्त भएसँगै राणा सीईओ पदमा नियुक्त भएका हुन्। दस्तिदार अब बैंकको विशेष सल्लाहकारका रूपमा काम गर्नेछन्।
३० वर्ष लामो बैंकिङ अनुभव भएका राणाले स्टान्डर्ड चार्टर्ड बैंकमा कर्पोरेट एन्ड इन्भेस्टमेन्ट र रिटेल बैंकिङ विभागमा काम गरेका छन्। उनले अमेरिकास्थित इलिनोइस विश्वविद्यालयबाट एमबीए पूरा गरेका छन्।
राणा नेपाली बैंकिङ क्षेत्रमा नयाँ माइलस्टोन स्थापित गर्दै स्टान्डर्ड चार्टर्ड बैंकका पहिलो नेपाली सीईओको रूपमा कार्यभार सम्हाल्नेछन्।
प्रतिक्रिया दिनुहोस