१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कीर्तिपुर चोभारमा कवाडी सङ्कलन केन्द्रमा भीषण आगलागी

कीर्तिपुरस्थित चोभारमा मङ्गलवार बिहान कवाडी सङ्कलन केन्द्रमा भीषण आगलागी भएको छ।



Fire
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ११५
  • काठमाडौं- कीर्तिपुरस्थित चोभारमा मङ्गलवार बिहान कवाडी सङ्कलन केन्द्रमा भीषण आगलागी भएको छ। आगोले कवाडी सङ्कलन केन्द्र र बङ्गुर पालन गरिएको क्षेत्रमा क्षति पुर्‍याएको छ।

    काठमाडौँ महानगरपालिकाका सहायक निरीक्षक वसन्तकुमार श्रेष्ठका अनुसार आगो नियन्त्रणमा लिन प्रयास भइरहेको भए पनि जस्ता बढी भएका कारण नियन्त्रणमा कठिनाई भएको छ।

    महानगरको टोलीले जानकारी पाउनासाथ घटनास्थलमा पुगेर आगो निभाउन प्रयास गरेको थियो। अहिले स्काइभेटरको सहयोगमा जस्ता हटाएर आगो नियन्त्रणको प्रयास भइरहेको छ।

    करिब आधा भागको आगो नियन्त्रणमा आएको जानकारी दिँदै श्रेष्ठले नेपाल प्रहरी, सशस्त्र प्रहरी, र स्थानीयबासीको सहयोगमा आगो निभाउने कार्य जारी रहेको बताए। आगलागीको कारण र क्षतिको विवरण हालसम्म प्राप्त भएको छैन।