२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नेपाली फुटबलले गुमायो उदीयमान खेलाडी निशान न्यौपाने

राष्ट्रिय स्तरका फुटबल खेलाडी निशान न्यौपानेको सोमबार राति भएको स्कुटर दुर्घटनामा मृत्यु भएको छ।



Nishan Neupane
  • Sangeeta Gurung
  • १० महिना अघि
  • पाठक संख्या २२५
  • कपिलवस्तु – राष्ट्रिय स्तरका फुटबल खेलाडी निशान न्यौपानेको सोमबार राति भएको स्कुटर दुर्घटनामा ज्यान गएको छ।

    कपिलवस्तुको बाणगंगा–६ निवासी २८ वर्षीय न्यौपाने लु ३२ प ३०१ नम्बरको स्कुटरमा यात्रा गरिरहेको अवस्थामा दुर्घटनामा परेका थिए।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार न्यौपाने बनगाईबाट बनकसिया जाँदै गर्दा स्कुटर अनियन्त्रित भई सडक किनारमा रहेको बिजुली पोलमा ठोक्किएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा मंगलबार बिहान साढे ५ बजेतिर उनको मृत्यु भएको हो।

    न्यौपाने कपिलवस्तुमा सञ्चालन भइरहेको राष्ट्रिय मेला अवलोकन गरेर घर फर्कने क्रममा दुर्घटनामा परेका थिए। उनी लामो समयसम्म एन्फा एकेडेमीका कप्तान रहँदै नेपालको फुटबल क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए। साथै, विभिन्न ए डिभिजन लिगहरूमा उनको योगदानलाई उल्लेखनीय मानिन्थ्यो।

    न्यौपानेको निधनले नेपाली फुटबल क्षेत्रले एक प्रतिभावान खेलाडी गुमाएको छ।