काठमाडौं, नेपाली बजारमा आज बुधवार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवार तोलाको १ लाख ५२ हजार २ सय रहेको सुनको मूल्य बुधवार १ लाख ५४ हजार २ सय पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य भने स्थिर छ। मङ्गलवार तोलाको १ हजार ९२५ रुपैयाँ कायम भएको चाँदी बुधवार पनि सोही मूल्यमा कारोबार भएको महासङ्घले जनाएको छ।
प्रतिक्रिया दिनुहोस