२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कमलादीमा भासिएको सडक चार महिनाको मर्मत कार्यपछि, सचिव केशवकुमार शर्माद्वारा रिबन काटेर उद्घाटन

इच्छुमती (टुकुचा) खोलामाथि निर्माण गरिएको बक्स कल्भर्ट र सडकको रिबन काटेर यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा द्वारा उद्घाटन गरिएको हो।



  • Sangeeta Gurung
  • १० महिना अघि
  • पाठक संख्या १३३
  • काठमाडौं: कमलादीमा भासिएको सडक चार महिनाको मर्मत कार्यपछि बिहीबारदेखि पुनः सञ्चालनमा आएको छ।

    इच्छुमती (टुकुचा) खोलामाथि निर्माण गरिएको बक्स कल्भर्ट र ४.८४ मिटर लामो तथा १२ मिटर चौडा सडक सडक विभागले निर्माण गरी सञ्चालनमा ल्याएको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बक्स कल्भर्ट र सडकको रिबन काटेर औपचारिक उद्घाटन गरे। गत साउन २३ गते भत्किएको टुकुचामाथिको कल्भर्टको मर्मतमा विभागले तीव्रता दिएको थियो।

    सडक डिभिजन कार्यालय काठमाडौंले असोज १८ गते ४९ लाख ६३ हजार रुपैयाँमा डिजी प्रकाश कन्स्ट्रक्सनलाई ठेक्का दिएको थियो। कात्तिक ३ गतेबाट सुरु गरिएको निर्माण बाढी र पुरातत्व विभागसँग सहमति लिने प्रक्रियाले ढिलो भएको निर्माण पक्षले जनाएको छ। पुरातात्विक महत्वको हुन सक्ने भन्दै पुरातत्व विभागले कात्तिक १ गते सहमति दिएपछि निर्माणले गति लिएको थियो।

    सडक भासिएपछि मन्त्रालयले प्राविधिक टोली परिचालन गरी अध्ययन गरेको थियो। मन्त्री देवेन्द्र दाहालसहितको टोलीले स्थल अवलोकन गरी तत्काल मर्मत कार्य थाल्न निर्देशन दिएका थिए। चार महिनापछि मर्मत सम्पन्न भई सडक पुनः सञ्चालनमा आएपछि स्थानीय र सवारी चालकले राहत महसुस गरेका छन्।