२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

काठमाडौँमा पेट्रोल छर्केर आगो लगाउने महिलाको मृत्यु

कागेश्वरी मनोहरा नगरपालिका–८ मा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने महिलाको मृत्यु भएको छ।



  • Sangeeta Gurung
  • १० महिना अघि
  • पाठक संख्या २६९
  • काठमाडौँ - कागेश्वरी मनोहरा नगरपालिका–८ मा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने महिलाको मृत्यु भएको छ।

    चितवनको रत्ननगर नगरपालिका–१२ घर भई काठमाडौँको नारायणटारमा बस्दै आएकी ३८ वर्षीय कमला आचार्यको उपचारका क्रममा मृत्यु भएको हो। काठमाडौँका एसएसपी बसन्त रजौरेका अनुसार, आचार्यको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा निधन भएको हो।

    शनिवार, बा ३५ प ५८१८ नम्बरको स्कुटरमा किराँतचोकस्थित बागमती नदी किनारमा पुगेकी आचार्यले आफैंलाई पेट्रोल छर्केर आगो लगाएकी थिइन्। उनी परिवारसँग बौद्धस्थित नारायणटारमा बस्दै आएकी थिइन्।

    घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रशासनले जनाएको छ।