१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कास्कीमा पेट्रोल छर्केर आगो लगाउने आरोपमा एक व्यक्ति पक्राउ

मादी गाउँपालिका–५ ठुलास्वारामा पेट्रोल छर्केर आगो लगाएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।



Aaropi
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २५३
  • कास्की - मादी गाउँपालिका–५ ठुलास्वारामा पेट्रोल छर्केर आगो लगाएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ घर भई पोखरा महानगरपालिका–१३ काहुखोला बस्दै आएका ३० वर्षीय उमेश राई रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले नियन्त्रणमा लिएको हो।

    २७ मंसिरको राति ११ बजे आफ्नै घर बाहिर बसेका गुरुङमाथि पेट्रोल छर्केर आगो लगाइएको थियो। गम्भीर घाइते गुरुङलाई उद्धार गरी पश्चिम क्षेत्रीय अस्पतालमा प्राथमिक उपचारपछि पोखराको मणिपाल अस्पतालमा रिफर गरिएको थियो। मणिपालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको छ।

    घटनाको कारणबारे अनुसन्धान भइरहेको डीएसपी बसन्त शर्माले जानकारी दिएका छन्। राईविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।