१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

साइबर अपराध आरोपमा शोभा पाठक पक्राउ

राजकुमार त्रिपाठीले दायर गरेको जाहेरीका आधारमा पाठकलाई आज राजधानीबाट पक्राउ गरिएको हो ।



Shobha Pathak
  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या २०८
  • काठमाडौं - प्रहरीले साइबर अपराध अभियोगमा शोभा पाठकलाई पक्राउ गरेको छ।

    राजकुमार त्रिपाठीले दायर गरेको जाहेरीका आधारमा पाठकलाई सोमबार राजधानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिएका छन्।

    त्रिपाठीले मंसिर २८ गते जाहेरी दिए पनि पाठकलाई हाल मात्रै पक्राउ गरिएको हो। उनलाई प्रहरी वृत्तको हिरासतमा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीले बताए।