१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रुकुमको सानीभेरी नदीको किनारमा शव फेला

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-२ स्थित कुनाखेत नजिकै सानीभेरी नदीको किनारमा एक व्यक्तिको शव फेला परेको छ।



Dead
  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या २५८
  • रुकुम - पश्चिमको बाँफिकोट गाउँपालिका-२ स्थित कुनाखेत नजिकै सानीभेरी नदीको किनारमा एक व्यक्तिको शव फेला परेको छ। सोमबार दिउँसो फेला परेको शवबारे जानकारी पाएपछि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक ऋषि पाठकको नेतृत्वमा सात सदस्यीय टोली घटनास्थलतर्फ गएको छ।

    शव कसको हो र मृत्युको कारण के हो भन्ने बारेमा प्रहरीले हालसम्म कुनै विवरण खुलाएको छैन। घटनास्थल पुगिसकेपछि मात्रै थप जानकारी आउने प्रहरी निरीक्षक पाठकले बताए।

    प्रहरीले मृतक व्यक्ति कुनाखेत मेला हेर्न आएका हुन सक्ने अनुमान गरेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।