१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सुनचाँदीको मूल्य घटयो, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।



Gold and silver
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २५५
  • काठमाडौं - नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य मंगलबार तोलामा १ लाख ५१ हजार ४०० रुपैयाँ थियो भने बुधबार ७०० रुपैयाँले घटेर १ लाख ५० हजार ७०० रुपैयाँमा झरेको छ।

    यस्तै, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा १ हजार ८४० रुपैयाँमा बिक्री भएको चाँदी बुधबार ५ रुपैयाँले घटेर १ हजार ८३५ रुपैयाँ कायम भएको छ।