१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

दुर्गा प्रसाईंको रिट खारेज, बैंक ऋण असुलीको बाटो खुल्यो

दुर्गा प्रसाईंको रिट खारेज भएको छ, जससँगै उनले लिएको ऋण असुलीको प्रक्रिया सुरु हुने भएको छ।



Durga prasai
  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या २९०
  • विराटनगर - बैंक ऋण नतिर्ने अभियान चलाएका मेडिकल व्यावसायी दुर्गा प्रसाईंको रिट खारेज भएको छ, जससँगै उनले लिएको ऋण असुलीको प्रक्रिया सुरु हुने भएको छ। उच्च अदालत विराटनगरको इलाम इजलासले मंगलबार उक्त रिट खारेज गरेको हो।

    प्रसाईंले कुमारी बैंकको विर्तामोड शाखासहित चार बैंकविरुद्ध ऋण मिनाहाको लागि उच्च अदालतमा रिट दायर गरेका थिए। उनका अनुसार बैंकहरूले ऋण असुल गर्ने दबाब दिएका थिए। रिट खारेज गरेपछि अब बैंकलाई ऋण असुली गर्न कानूनी अधिकार प्राप्त भएको छ।

    प्रसाईंले पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनका लागि चार बैंकबाट २ अर्ब रुपैयाँभन्दा बढी ऋण लिएका थिए। उनका ऋणको असुली रोक्नको लागि उनले अदालतमा रिट दायर गरेका थिए, जुन १८ पटक पेशी चढेर ९ पटक स्थगित भएको थियो।

    रिट खारेज भएपछि बैंकहरूले ऋण असुल गर्नका लागि धितो लिलामी गर्ने प्रक्रिया शुरु गर्न सक्नेछन्। प्रसाईंले मेडिकल कलेज सञ्चालनका लागि पनि हाल अदालतसँग अनुमति पाएका छन्।