१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अन्नपूर्ण गाउँपालिकामा जिप दुर्घटना, पाँच घाइते

कास्कीको अन्नपूर्ण गाउँपालिका–१० बतासे डाँडामा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।



  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या २४५
  • कास्की - अन्नपूर्ण गाउँपालिका–१० बतासेडाँडामा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

    पोखराबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६८२१ नम्बरको जिप आज अपराह्न पौने ३ बजे सडकबाट करिब ६०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता बसन्त कुमार शर्माले जानकारी दिए।

    जिपमा सवार सातमध्ये पाँच जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि पोखरा ल्याइएको छ।