८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

विद्युत प्राधिकरणमा १०८३ जनालाई स्थायी रोजगारीका लागि विज्ञापन खुल्यो

नेपाल विद्युत प्राधिकरणले १०८३ जना स्थायी कर्मचारी भर्नाका लागि विज्ञापन खुलाएको छ।



Nepal Electricity Authority
  • अञ्जना ढकाल
  • ३ दिन अघि
  • पाठक संख्या १३०
  • नेपाल विद्युत प्राधिकरणले १०८३ जना स्थायी कर्मचारी भर्नाका लागि विज्ञापन खुलाएको छ।

    प्राधिकरणले अधिकृत र सहायकस्तरका पदहरूमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट नियुक्ति गर्न लागेको हो। यसअन्तर्गत तह ७ देखि १० सम्मका १९५ जना अधिकृतस्तर र तह ५ का ८८८ जना सहायकस्तरका कर्मचारी भर्ना गरिनेछ।

    दरखास्त दिने अन्तिम मिति पुस २५ गतेसम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर माघ ३ गतेसम्म आवेदन दिन सकिनेछ। अधिकृतस्तरका पदका लागि २१ देखि ४० वर्ष (महिला तथा अपाङ्गता भएका उम्मेदवारको हकमा ४० वर्ष) उमेर तोकिएको छ।

    सहायकस्तरका पदका लागि भने १८ देखि ३५ वर्ष उमेर हद तोकिएको छ। प्राविधिक पदहरूमा न्यूनतम डिप्लोमा वा प्राविधिक परिषद्बाट प्रमाणपत्र आवश्यक छ।

    प्राधिकरणले इलेक्ट्रिकल, सिभिल, कम्प्युटर, लेखा, र प्रशासनका विभिन्न पदहरूमा भर्ना गर्न लागेको हो। इलेक्ट्रिकल इन्जिनियर पदमा ६२ जना, प्रशासन अधिकृतमा ३८ जना, लेखा अधिकृतमा ३१ जना, कम्प्युटर इन्जिनियरमा २१ जना र सिभिल इन्जिनियरमा ९ जना माग गरिएको छ।

    सहायकस्तरतर्फ मिटररिडिङ सुपरभाइजरका लागि ४१ जना, लेखापालका लागि ३९ जना र इलेक्ट्रिकल सुपरभाइजरका लागि ७४० जना माग गरिएको छ।

    अधिकृतस्तरका कर्मचारीले नेपालभर काम गर्नुपर्नेछ भने सहायकस्तरका कर्मचारीले आवेदन दिएको प्रदेशअन्तर्गतका कार्यालयमा ७ वर्षसम्म सेवा दिनुपर्ने प्रावधान छ।

    आवेदन फाराम प्राधिकरणको वेबसाइटबाट भर्न सकिने व्यवस्था गरिएको छ।