१८ असार २०८३ बिहिबार | 02 Jul 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भैरहवास्थित शिक्षण अस्पतालमा बम फेला, सेनाले गर्‍यो निष्क्रिय

भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पतालमा फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाले निष्क्रिय पारेको छ।



Pressure Cooker Bomb
  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या ३११
  • भैरहवा, बुटवल – रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पतालमा फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाले निष्क्रिय पारेको छ।

    अस्पतालको दक्षिण–पश्चिम पार्किङ क्षेत्रमा शुक्रबार रुख कटान गर्ने क्रममा प्रेसर कुकर जस्तो शंकास्पद बम फेला परेको थियो। शंकास्पद वस्तु देखिएपछि तत्काल प्रहरी र प्रशासनलाई जानकारी दिइएको थियो।

    घटनाको सूचना पाएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, र नेपाली सेनाको टोली घटनास्थलमा पुगेको थियो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीका अनुसार बम पुरानो र खिया लागेको अवस्थामा फेला परेको थियो।

    बमलाई भैरहवास्थित कालीभक्ति गणबाट आएको सेनाको टोलीले निष्क्रिय बनाएको हो। बममा प्रेसर कुकरको ह्यान्डलमा डोरी बाँधेर घडी, ब्याट्री, र अन्य उपकरण जडान गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

    अस्पताल प्रशासनले बम भेटिएको क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ। घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।