१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछानेसहित पाँच जनाविरुद्ध सहकारी ठगी मुद्दा दर्ता हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच जनाविरुद्ध आज जिल्ला अदालत कास्कीमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता हुँदैछ।



Rabi Lamichhane
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २८४
  • कास्की – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच जनाविरुद्ध आज जिल्ला अदालत कास्कीमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता हुँदैछ।

    पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा उनीहरूमाथि १ अर्ब ५१ करोड ४० लाख बिगो दाबी गरिएको छ। यसअघि शुक्रबार ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो।

    जीबी राईमाथि सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा लगाइएको छ। सबै प्रतिवादी फरार रहेको जनाइएको छ।