१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

निलम्बित इन्स्पेक्टर बिनु शाही अदालतमा उपस्थित

निलम्बित प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनु शाही आज ललितपुर जिल्ला अदालतमा हाजिर भएकी छन्।



Binu Shahi
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ४०६
  • ललितपुर, पुस ०७-  निलम्बित प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनु शाही आज ललितपुर जिल्ला अदालतमा हाजिर भएकी छन्।

    उनीलाई भैँसेपाटीमा घरजग्गा कारोबारीलाई 'बलात्कार मुद्दामा फसाउँछौँ' भन्दै हनिट्रयापमा पारेर ३० लाख रकम असुल्ने आरोपमा प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोमार्फत मुद्दा दायर गरेको हो।

    यस घटनामा सहायक हवल्दार महेन्द्र हमाल, सुस्मा बिक, ताज मूल इस्लाम र भिमादेवी थापा पक्राउ परेका छन्।

    प्रहरीको अनुसन्धान अनुसार, भिमादेवी थापाको खातामा २० लाख नगद जम्मा भएको पाइएको छ। आरोपी व्यवसायीले इन्स्पेक्टर बिनु शाहीको पनि यस घटनामा संलग्नता भएको आरोप लगाएका छन्।