-1261.jpg/)
काठमाडौँ, पुस ९ - सरकारले म्यान्मार, थाइल्याण्ड, कम्बोडिया र लाओसजस्ता मुलुकमा ठगी बढेपछि नेपाली नागरिकका लागि तीनबुँदे ट्राभल एड्भाइजरी जारी गरेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार आकर्षक तलबको प्रलोभनमा परेर थाइल्याण्ड हुँदै म्यान्मामा लगेर जबर्जस्ती अवैध काममा लगाइएको घटना बढदै गइरहेको छ।
यसरी त्यहाँ पुर्याइएका लाई राहदानी खोस्ने, चरम यातना दिने, र तलब नदिने जस्ता काम गर्ने गरेको फेला परेको छ।
यी घटनाहरू बढदै गएपछि सामाजिक सञ्जालमार्फत प्रलोभनमा नपर्न र अवैध गतिविधिबाट जोगिन मन्त्रालयले सबैलाई आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस