१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

दुर्गा प्रसाईं रिहा आदेशविरुद्ध सरकार पुनरावलोकनमा

भारतीय अपराधी लरेन्स विश्नोइको नाममा धम्की दिएको आरोपमा पक्राउ परेका हरिश्चन्द्र फुयाँलसँग प्रसाईंको सम्बन्ध भेटिएको छ।



Durga Prasai
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १९८
  • काठमाडौँ, पुस १२ - आपराधिक लाभसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न दिएको आदेशविरुद्ध सरकार पुनरावलोकनमा जाने भएको छ।

    महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सूर्यराज दाहालका अनुसार सर्वोच्चको पत्र प्राप्त भएपछि पुनरावलोकन निवेदन दर्ता गरिनेछ।

    यसअघि साइबर अपराधमा धरौटीमा छुटेका प्रसाईंलाई प्रहरीले आपराधिक लाभसम्बन्धी आरोपमा फेरि पक्रेको थियो।

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसपी होविन्द्र बोगटीका अनुसार भारतीय अपराधी लरेन्स विश्नोइको नाममा धम्की दिएको आरोपमा पक्राउ परेका हरिश्चन्द्र फुयाँलसँग प्रसाईंको सम्बन्ध भेटिएको छ।